सानुबाबुले ल्याए नयाँ गजल तिम्रो याद…


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ माघ

यतीबेला नयाँ गजल ‘तिम्रो याद…’को भिडियो दर्शकमाझ आएको छ । यो गजलको भिडियो हाईलाईट नेपालको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो । गजलमा गायक सानु बाबु महर्जनको स्वर रहेको छ । जसमा संगीत भने अग्रज संगीतकार जुगल डंगोलले दिएका छन् । ब्राइटर तिम्रो सुर मेरो गीत…का फाईनलिस्ट बनेका महर्जनको स्वरमा यो गजल निकै मेलोडी बनेको छ ।

‘अनायसै तिम्रो याद आईरह्यो रातभर
मनमा नौलो हलचल छाईरह्यो रातभर…’

गजललाई गजलकार डब्बु क्षत्रीले लेखेका हुन् । युगल प्रेमीको अथाह प्रेम भावलाई यो गजलमा समेटिएको गीतकार डब्बु क्षत्रीले बताएका छन् । यो गीतको भिडियो पनि निर्देशन र सम्पादन क्षत्रीले नै गरेका हुन् । करिब एक दर्जन गजल रेकर्ड गराईसकेका गीतकार तथा गजलकार डब्बु क्षत्रीको रिलिज भएको यो दशौं गजल हो ।

पोखराका विभिन्न रमणीय स्थलमा छायाँकन गरिएको यो गजलमा कलाकार निश्चल बिक्रम पौडेल र सृष्टी कडरीयाले अभिनय गरेका छन् । राहदानी सहित विभिन्न चलचित्र, क्राईम पेट्रोल नेपाल र नाटकमा अभिनय गरेका निश्चलले यही गीतको भिडियोमा डेब्यु गरेका हुन् । यो गजलको भिडियोलाई मिलन शँकरले खिचेको हुन् । जसमा वीरेन्द्र भाट ‘बिपिन’ को रँग सँयोजन रहेको छ । जसमा सुवास बुढाथोकीको कोरियोग्राफी रहेको छ ।

डब्बु क्षत्रीले यस अघि झरी सम्बन्धि सबै गजल समेटेर गजल सँग्रह ‘झरी’ बजारमा ल्याएका थिए । जसमा आधा दर्जन गजल थिए । त्यसपछि उनले ल्याएको अर्को गीत तथा गजल सँग्रह ‘गुलावी स्वरहरु’मा पनि केही गजलहरु छन् । यी वाहेक उनका अर्को फुटकर गजल पनि आयो । गजलबाटै म्युजिक खबर म्युजिक अवार्ड, सुन्दरादेवी सन्देश म्युजिक अवार्ड जितेका डब्बु क्षत्री नयाँ गजल ‘तिम्रो याद…’ बाट पनि निकै आशाबादी छन्,‘रोमान्टिक भावको यो गजल सबै उमेर र बर्गका श्रोताहरुलाई मन पर्नेछ । अझ तन्नेरी पुस्तालाई लक्षित गरेर भिडियोमा पनि किशोर किशोरीलाई अभिनय गराएको छु ।’ क्षेत्रीले भने ।