‘सिङ्गर’ घोषणा,विजेताले २५ लाख र कार जित्ने


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ माघ

नयाँ गायकको खोजीको लागि ‘सिङ्गर’ सोल फुल भ्वाइस रियालिटी शोले हुने भएको छ । फ्रेन्च आइज रियालिटी शो हरुको दबदबा चलि रहेको बेला आफ्नै मौलिक शोको शुभारम्भ गर्न लागेको डिएआर मुभिज एन्ड फिल्म इन्डस्ट्रीज प्रालीका संचालक श्याम धितालले जानकारी दिए । उनका अनुसार यो प्रतियोगिताको विजेताले नगद पुरस्कार २५ लाख सहित कार र गीति एल्बमसम्म पाउनेछन् ।

नेपाली गीत संगीतमा आफ्नो परिचय स्थापित गरि सकेका र गायनमा आफ्नो स्थान बनाएका गायक गायीकाहरुले पनि शोमा भाग लिन सक्नेछन । ‘नेपाल नेटवर्क टेलिभिजन’ को शुभारम्भ संगै प्रशारण सुरु गरिने रियालिटी शो ‘सिङ्गर’ सोल फुल भ्वाइस एउटा फरक शो हुने धितालले जानकारी दिए ।

‘नेपाल नेटवर्क टेलिभिजन’ आगामी नयाँ बर्षको अवसर पारेर बैशाखबाट प्रशारण सुरु गरिने बताईएको छ । फ्रेन्च आइज रियालिटी शो हरुले बजारमा स्थान बनाई रहेको बेलामा नेपाल नेटवर्क टेलिभिजनले आफ्नै मौलिक शोहरु ल्याउने योजना बनाएको छ ।