तारा अधिकारीले ल्याईन सांगीतिक मनैभरी


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ माघ

पछिल्लो समय गीतकार तारा अधिकारी निकै सक्रिय छिन् । उनको शब्दमा यतीबेला नयाँ गीत मनैभरी…को म्युजिक भिडियो बजारमा आएको छ । यो गीतलाई अहिलेका युवा पुस्ताका गायक अजर जंगमले गाएका छन् । जसमा दीपक जंगमको संगीत रहेको छ ।

किरण कँडेलको संगीत संयोजन रहेको गीत प्रज्ञा साउन्ड रेकर्डिङ स्टुडियोमा शम्भु तण्डुकारले रेकर्डिङ, मिक्सिङ गरेका हुन् । गीतको भिडियो सुनौलो तारा मोसन पिक्चर्स युट्युब च्यानलमा अपलोड गरिएको छ ।

शान थापाले निर्देशनको गरेको भिडियोमा संगीतकार दीपक जंगम, गीतकार तारा अधिकारी र गायक अजर जंगम प्रस्तुत छन् । भिडियोमा राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छाँयांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।