‘तिम्री आमा, मेरी आमा’ गीत लिएर आए रामप्रसाद


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ माघ

गत साता मात्र सात ओटा फरक गीत रेकर्ड गरेर एउटा नयाँ भजनको भिडियो समेत सार्वजनिक गरेका अग्रज लोक तथा दोहोरी गायक रामप्रसाद खनालले दोश्रो नयाँ गीत पनि रिलिज गरेका छन् ।

खनालकै शब्द, स्वर तथा सुरेश अधिकारीको संगीत रहेको नयाँ गीत ‘तिम्री आमा, मेरी आमा’ सार्वजनिक गरिएको हो । सामाजिक सन्देश बोकेको यो गीतले घर घरमा, अज्ञानता बस हुने श्रीमान् र श्रीमती बीचको तेरो र मेरो भन्ने भावना प्रतिबिम्बित गरेको छ ।

गीतले हरेक श्रीमान् र श्रीमतीलाई पारिवारिक कलहको बिषयमा सम्झाएर कहल कम गर्न मद्दत गर्र्ने बिश्वास आफुले लिएको गायक खनालले बताए । ‘भाइरल खोज्ने युगका लागि यो गीत कस्तो हुन्छ थाहा छैन । तर यसले हरेक दम्पती जोडीलाई जोड्ने काम भन गर्ने छ’ खनालले भने ।

गीतको म्युजिक भिडियोमा गायक खनाल आफैले पनि अभिनय गरेका छन्, भने उनलाई अभिनयमा कलाकार कमला रेग्मीले श्रीमतीको भूमिकामा साथ दिएकी छन् । भिडियोमा निर्मल शर्मा गैडा र अन्य कलाकार समेतको अभिनय छ ।

भिडियो निर्मल शर्मा ‘गैडा’ ले निर्देशन गरेका हुन् । राजु केसीको छायांकन, गौतमराज खड्काको सम्पादन रहेको छ । यस्तै गायक खनालले बाँकी ५ गीत पनि बिस्तारै सार्वजनिक गर्दै जाने खनालले सुनाए ।