फिमेल भर्सनमा को होला त्यो २


ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ माघ

एक समयको निकै चर्चित गीत को होला त्योको दोश्रो सृँखला फेरी महिलाको स्वरमा आएको छ । लोकपप गायक सुनिल गिरीले यो गीत गाएका हुन् । उनको नयाँ गीत को होला त्यो २ को फिमेल भर्सन ’तिमी आउँछौ की भनी’को भिडियो सार्वजनिक भएको छ । यो गीतमा शब्द, संगीत गायक गिरीकै रहेको छ भने गायिका सुमन गुरुगंको स्वर रहेको छ । गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ ।

गायक गिरीले ’तिमी आउँछौ की’मा दर्शकले लोकेशनको हिसाबले बिल्कुलै नयाँ स्वाद पाउने बताए । भिडियोको छायांकन पनि निर्देशन अनिल के मानन्धरले नै गरेका हुन् भने सम्पादन र कलरिगं मनोज कार्कीले गरेका हुन् । गायक गिरीकै अफिसियल युट्युब च्यानलबाट यो गीतको भिडियो सार्वजनिक गरिएको छ ।

यो गीतको भिडियोमा पल शाह र कृष्टिना थापाको अभिनय रहेको छ । भिडियोमा प्रेमीकाले आफुले औधी माया गरेका प्रेमीको पर्खाइ र सम्झानामा बितेका दिनहरुलाई निर्देशक अनिल के मानन्धरले रमाईलोसँग प्रस्तुत गरेका छन् ।