ब्युटी न्युज नेपाल
काठमाडौं, ७ माघ

कोरोनाको महामारी निकै बढेपछि शुक्रबार रातीबाट काठमाडौं उपत्यकामा गुड्ने सवारी साधनमा जोर विरोज प्रणाली लागू हुँदैछ । काठमाडौं, ललितपुर र भक्तपुरका सिडियोको शुक्रबारको निर्णय अनुसार केही सवारी साधनमा भने जोर विजोर प्रणाली लागू नहुने भएका छ । प्रशासनका अनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन एम्बुलेन्स, दमकल शववहान, ग्यास पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारी साधनमा जोरबिजोर लागु हुने छैन । यस्तै खाद्यन्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, माछामासु, पशुपंछीका दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधनमा चालक र सहचालक मात्रै बसेर सञ्चालन गर्न पाउनेछन् ।

यस्तै परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीहरुले आफ्नो सवारी साधन सञ्चालन गर्न पाउने प्रशासनले विज्ञप्तीमार्पत स्पष्ट पारेको छ भने परिचयपत्रको आधारमा बैंक, बीमा, वित्तिय संस्था, वायुसेवा, कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा पनि जोरबिजोर लागु हुनेछैन ।

पत्रकारको हकमा भने सूचना तथा प्रसारण विभागबाट जारी पत्रकार परिचयपत्र भएकाहरुको सवारी सधान तथा कूटनैतिक नियोगका सवारी साधनमा जोरबिजोर लागू नहुने ललितपुर प्रशासनले जनाएको छ । यस्तै खोप कार्ड अनिवार्य गरिएको छ । होटल तथा रेस्टुरेन्टहरुमा कुल क्षमताको आधालाई मात्र प्रवेश दिन पाइनेछ ।