आज रातीबाट काठमाडौंका सवारी साधनमा जोर विजोर प्रणाली


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ माघ

लामो समयपछि आजबाट फेरी काठमाडौं उपत्यकामा गुड्ने सवारी साधनमा जोर विजोर नम्बर प्रणाली लागू हुने भएको छ । कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा शुक्रबार (आज) राति १२ बजेदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुन लागेको हो । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने भएको छ । यसैगरी काठमाडौं उपत्यकामा गुड्ने सवारी साधनहरुमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क अनिर्वाय लगायतका नियमहरु पनि लागू गरिएको छ

सपिङ मल, डिपार्टमेन्ट स्टोर लगायतका पसल र पार्टी प्यालेजहरुमा एक पटकमा २० जनाभन्दा बढी प्रवेश दिन पाइने छैन । यस्तै खोप कार्ड अनिवार्य गरिएको छ । होटल तथा रेस्टुरेन्टहरुमा कुल क्षमताको आधालाई मात्र प्रवेश दिन पाइनेछ ।