ब्युटी न्युज नेपाल
काठमाडौं, ५ माघ

पेट्रोलको मूल्य फेरी बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बुधबार बढाएको हो । माघ ५ गते राति १२ बजेदेखि लागू हुनेगरि मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलको साबिक मूल्यमा ३ रुपैयाँ बढाइएको हो । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १३९ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोल, मट्टितेल, डिजेल र हवाई इन्धनको मूल्य बढाएको हो ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य अनुसारको घाटा समायोजनका लागि भन्दै निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको जनाएको छ ।