मनिष प्रसाईले ल्याए मनै त हो…


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ माघ

गायक मनिष प्रसाईले आफ्नो स्वरमा नयाँ गीत मनै त हो…को भिडियो सार्वजनिक गरेका छन् । लोकतान्त्रीक आन्दोलनको समयमा गरिएका दमन र यातनासँग यो गीत सम्बन्धित छ । मनिष प्रसाई लामो समयको अन्तराल पश्चात पुनः आधुनीक गीतकासाथ दर्शकमाझ आएका हुन् ।

प्रेम र रोमान्सलाई गीतमा गायक प्रसाईले सुन्दर ढंगबाट ब्यक्त गरेका छन । मनिष स्यमको शब्द तथा संगीत गीतमा रहेको छ । आफनी प्रेमीकालाई जिवनमा पाउनको लागी निकै सधर्ष गरेको कुरा गीतमा गायक ले गरेका छन । मनै त हो गीतको भिडियोमा रमेशजंग कुँवरले निर्देशन गरेका हुन् । जसमा मनिष प्रसाईकै सम्पादन रहेको छ । रमेशजंग कुँवर, दिपेन पाण्डे र सविना घिमिरेकोे अभिनय यो गीतको भिडियोमा छ ।