नेपालमा आज ११३५२ जनालाई कोरोना


ब्युटी न्युज नेपाल
बुटबल, ५ माघ

नेपालमा कोरोना सँक्रमण दिनदिनै बढी रहेको छ । यसै क्रममा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबै भन्दा बढी ११ हजार ३५२ जनामा कोरोना भाइरस –कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कोरोना सँक्रमणबाट पछिल्लो २४ घन्टामा ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ नमुनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन टेष्ट गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो ।

सँक्रमित मध्य आधाजसो काठमाडौं उपत्यकामा रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमित मध्ये ६ हजार ३४३ जना काठमाडौं उपत्यकाका छन्, । जसमध्य काठमाडौंका ४ हजार ६६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५७८ जना सँक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित छन् ।