आज अहिलेसम्मकै बढी १०२५८ जनालाई कोरोना


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ माघ

नेपालमा अहिलेसम्मै सबैभन्दा बढी कोरोना सँक्रमित मँगलबार भएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार यो नेपालमा कोरोना संक्रमण एकै दिन भएको अहिलेसम्मकै सबैभन्दा बढी सँख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार देशभरमा गरी २२ हजार ८२८ जनाको परीक्षण गर्दा १० हजार २५८ जनामा कोरोना सँक्रमण देखिएको हो । जसमध्य १७ हजार ८७२ जनाको पीसीआर टेष्ट गर्दा ८ हजार ७३० र १० हजार २५८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ५२८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ भने ५६२ जना संक्रमणमुक्त भएका छन् । देशभर ३९ हजार ४४ संक्रिय संक्रमित छन् । कोरोना सँक्रमित १० हजार २५८ जना मध्य कोरोना संक्रमणको हटस्पट बन्दै गएको काठमाडौंमा मात्रै एकैदिन ४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंमा मात्रै ४००४ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा ५ हजार ५४९ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ४००४, भक्तपुरमा ५७० र ललितपुरमा ९७५ संक्रमित छन् ।