जाला जोवन भन्दै सागरसँग भिडियोमा कुन्जना


ब्युटी न्युज नेपाल
काठमाडौँ, २ माघ

हास्य अभिनेत्री एवम् सामाजिक अभियान्ता सुन्तली अर्थात कुन्जना घिमिरे पछिल्लो समय फेरी अभिनयमा सक्रिय देखिएकी छिन् । उनले यसै साता अभिनय गरेको नयाँ गीत जाला जोवन…को भिडियो यतीबेला रिलिज भएको छ । यो भिडियोलाई कुन्जनाले धुर्मुस सुन्तली यु ट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छिन् । आफ्नो बहिनी संगीताले लेखेको गीतलाई उनले आफ्नो च्यानलबाट दर्शकमाझ ल्याएकी हुन् ।

यो गीतलाई गायक रेवती घिमिरे र गायिका समिक्षा अधिकारीले गाएका हुन् । यो गीतमा अहिलेको व्यस्त संगीत राजेन्द्र बजगाईंले संगीत दिएका छन् । गीतमा संगीत संयोजना पनि राजेन्द्रकै हो । यो गीतलाई संगीता घिमिरेले लेखेकी हुन् ।

यो गीतको भिडियोलाई गम्भीर बिस्टले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । जसमा कुन्जनासँगै सागर लम्साल (बले)को अभिनय रहेको छ । गीतलाई कुन्जना र सागरले न्याय गरेका छन् । भिडियोमा नवराज उप्रेतीको छायाँकन र नबिन निरौलाको सम्पादन रहेको छ ।