उदित र राज सागरको स्वतन्त्र मनमा आर्यन र वर्षा


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ माघ

लामो समयपछि लोकप्रिय गायक उदित नारायण झाको स्वरमा रहेको नयाँ नेपाली गीतको भिडियो सार्वजनिक भएको छ । उनको स्वरमा स्वतन्त्र मन…गीतको भिडियो रिलिज भएको छ । झाको स्वरमा लामो समयपछि बल्ल यो नयाँ गीत सार्वजनिक भएको छ । डा. प्रकाश पौडेलको शब्द रचना रहेको गीतमा संगीत राज सागरको रहेको छ। यो गीतमा राजन इशानको संगीत संयोजन गरेका छन् ।

गीत निकै कर्णप्रिय बनेको छ । राज सागरले यो गीतमा सांगीतिक रुपमा पूर्ण न्याय गरेका छन् । गीतको अडियो अनुसार भिडियो पनि उत्कृस्ट बनेको छ। बिजेश र राजनले निर्देशन गरेको भिडियोलाई शिबराम श्रेष्ठले छायाँकन गरेका छन् । सार्वजनिक भिडियोलाई बिजेश पौडेलले सम्पादन तथा कलर गरेका छन्।

यो रोमान्टिक गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री वर्षा राउतको अभिनय रहेको छ । उनीहरुको अभिनय पनि आकर्षक र भावयुक्त छ । यो गीतको भिडियो डिआरपीपी क्रियसनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।