पछिल्लो २४ घन्टामा नेपालमा ६७३४ जनालाई कोरोना


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ माघ

आईतबारको तुलनामा सोमबार कोरोना सँक्रमण ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ७३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरमा १४ हजार १४ जनाको नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७४७ र ६ हजार ७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जना गरी कुल ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सो मन्त्रालयका अनुसार सोमबार ५४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै कोरोनाबाट पछिल्लो २४ घन्टामा ३ जनाको मृत्यु भएको छ । कोरोना सँक्रमित सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेका छन् । काठमाडौं उपत्यकामा मात्रै ३९३९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा २९४३ं, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ जना संक्रमित थपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।