नेपाली गीत नशा गाय भारतीय गायक अनुग्रहले


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ माघ

भारतका गायक अनुग्रह बिष्टले नेपाली गीत नशा…गायका छन् । नशा गीतको रेकर्डिंग मुम्बईको बी.बी.जे. स्टुडियोमा भएको थियो । गीतमा शान भुसालको शब्द तथा संगीत रहेको छ ।

अमेरिकाको डलासमा छायांकन गरेर यो गीतको भिडियो रिलिज गरिएको छ । लुसेन्ट फिल्मको ब्यानरमा निर्मित गीतको भिडियोका निर्देशक बिकास बराईली हुन् भने सह निर्देशक प्रज्ज्वल वाईवा हुन् । केही अँग्रेजी फिल्ममा अभिनय गरिसकेकी मोडल अभिनेत्री एलेक्सजेन्ड्रीया पास्कुसी सहित यो भिडियोमा जोर्ज ओटेरो, अंकित शर्मा र दिपेश आचार्यको अभिनय रहेको छ । भिडियोको छायांकन तथा सम्पादन समेत निर्देशक बराईलीले नै गरेका छन् ।

गीतको भिडियोलाई ‘म्यूजिकल फिल्म’को रुपमा प्रस्तुत गरिएको छ । जसमा एक ससक्त कथा उतारिएको संगीतकार भुसालले बताए । भिडियोमा एक युवकको कारण पति पत्नीका बीचको सम्बन्धमा आएको समस्या र त्यसबाट घटेको घटनाको कथा देखाईएको छ ।