१५ माघसम्म नेपालका सबै फिल्म हल बन्द


ब्युटी न्युज नेपाल
काठमाडौं, २ माघ

कोरोनाको तेस्रो लहर रोकथाम र नियन्त्रणका लागि आईतबारबाट सरकारले फेरी सिनेमा हल बन्द गरेको छ । सिसिएमसीको सिफारिस बमोजिम आइतवार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । मन्त्री परिषदको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आईतबारबाट १५ माघसम्म मुलुकका सिनेमा हलहरु सञ्चालन गर्न नपाउने निर्णय भएको बताएका छन् ।

यत गत शुक्रबारबाट देशका सिनेमा हलमा नेपाली चलचित्र चपली हाईट ३ रिलिज भएको थियो । सो सिनेमा तीन दिन मात्र हलमा रिलिज भएको छ । आईतबारबाट सिनेमा हल बन्दको निर्णय सरकारले गरेपछि मुलुकका सबै हल बन्द भएसँगै चलचित्र चपली हाईट ३को प्रदर्शन पनि रोकिएको छ । यसपछि माघ महिना भित्र रिलिज गरिने भनिएका बाँकी नेपाली चलचित्रको प्रदर्शनीमा पनि असर परेको छ ।

सिनेमा हल पुन बन्द गर्नु परेको सरकारले जनाएको छ । आईतबारबाटै सरकारले दोहोरी साँझ, नाईट क्लब, पब पनि बन्द गरेको छ । गत बैशाखबाट दोश्रो चरणको कोभिडका कारण बन्द भएको मुलुकका सिनेमा हल गएको दशैंबाट खुलेको थियो । तर यतीबेला फेरी तेश्रो लहरको कोरोना महामारी बढेपछि सिनेमा घर यतीबेला सरकारले बन्द गरेको हो ।

कोरोना कालमा यो सहित नेपालमा तीन पटक सिनेमा हलहरु बन्द भएका छन् । यस अघि २०७६ चैतबाट २०७७ पुषसम्म पहिलो चरणको सिनेमा हल बन्द भएको थियो । यसरी पहिलो लहरको कोभिड सँक्रमणको समय मुलुकका सिनेमा हल ९ महिना बन्द भएका थिए । २०७७ पुषबाट हल सञ्चालकहरुले नै जबरजस्ती खोलेपछि सिनेका हललाई सञ्चालनको अनुमति सरकारले त्यतिबेला दिएको थियो । तर मुलुकमा फेरी कोरोनाको दोश्रो लहर गत बैशाखमा आयो । बैशाखको दोश्रो साताबाट गत असोजको दोश्रो सातासम्म मुलुकका सिनेमा हलहरु बन्द भए ।