सुमन दाहालको निर्देशनमा आयो सिडी बिजयको तिमीसँग


ब्युटी न्युज नेपाल
काठमाडौं, १ माघ

आधा दशकदेखि अमेरिका बस्दै आएका चलचित्र निर्देशक सुमन दाहालले अर्को नयाँ भिडियो दर्शकमाझ ल्याएका छन् । उनले अमेरिकाको ल्याक्सिनटन क्षेत्रमा छायाँकन गरेर त्यहींबाट नयाँ गीत तिमीसँग छुट्टिएर…गीतको भिडियो रिलिज गरेका छन् । गत साता मात्र उनले अर्को म्युजिक भिडियो पनि त्यहीँबाट रिलिज गरेका थिए ।

रियालिटी शो भ्वाईस अफ नेपालका प्रथम बिजेता तथा गायक, संगीतकार सिडी विजय अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘तिमीसँग छुट्टिएर…’को भिडियो माघे सक्रान्तिको अबसर पारेर सुमनले रिलिज गरेका हुन् । यो गीतको भिडियोलाई सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरिएको छ । यो गीतलाई कल्पना पाठकले लेखेकी हुन् । गायक सिडी विजयले नै यो गीतमा संगीत गरेका छन् । वियोगान्त भावको यो गीतमा संगीत संयोजन राजु कार्कीको छ ।

गीतको भिडियोमा राजु अधिकारी र निश्मा चापागाईंको मुख्य भूमिका छ । प्रेममा निश्माले धोका दिएपछि राजु एकल हुुनुको बेदनामा भिडियो केन्द्रित छ । यो गीतको भिडियोलाई छायाँकन तथा सम्पादन अक्की शर्माले गरेका हुन् । जसमा भुपेन्द्र अधिकारीको मिक्सिङ, रेनिश फागोको रंग संयोजन रहेको छ ।