बिपिन र सुजाताको जाल बुन्योमा प्रिज्मा, प्रिन्सी, अमर र अमृत


ब्युटी न्युज नेपाल
काठमाडौं १ माघ

नयाँ लोक शैलीको गीत ‘जाल बुन्यो माकुरीले…’ को भिडियो बजारमा आएका छ । यो गीतको भिडियोमा दुई जोडी जुम्ल्याहा कलाकार प्रिन्स खतिवडा, प्रिज्मा खतिवडा, अमर दाहाल र अमृति दाहालले अभिनय गरेका छन् । गीत कर्णप्रिय छ । भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ ।

संगीतकार तथा गायक विपिन घिमिरे र गायिका सुजाता केसीले युगल स्वरमा यो गीत आएको हो । यो गीतलाई काठमाडौंमा एक मसारोहबीच शुक्रबार साँझ रिलिज गरिएको हो । यो गीतलाई शिब अधिकारीले लेखेका हुन् । जाल बुन्यो माकुरीलेमा संगीत विपिन घिमिरेको र संगीत संयोजन सञ्जय श्रीपालको रहेको छ ।

गीतको भिडियोलाई केही रोचक बनाउन पनि आफुहरुले दुई जना जुम्ल्याहा जोडीलाई प्रस्तुत गरिएको गायक विपिनले बताएका छन् । हुन पनि गीतको भिडियोमा जुम्ल्याहा पुरुष जुम्ल्याहा मोडल अमर, अमृत, महिला जुम्ल्याहा मोडल प्रिन्सी र प्रिज्माको अभिनय खुलेको छ ।
जुम्ल्याहा मध्यका मोडल अमृत दाहालले लामो समयपछि आफुहरुले फेरीसँगै जोडीको रुपमा भिडियो गर्न पाउँदा खुसी लागेको भिडियो रिलिजका क्रममा बताए । आफुहरुको यो भिडियोमा निकै मेहनत गरेको उनीहरुको भनाई थियो ।

यो गीतको भिडियोलाई सुजाता केसीको अफिसियल युट्युव च्यानलबाट रिलिज गरिएको छ । रामजी लामिछानेको निर्देेशन तथा कोरियोग्राफीमा तयार भएको जाल बुन्यो माकुरीलेको भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका हुन् । जसमा मान कृष्ण महर्जनको छायाँकन रहेको छ । गीतलाई राजेन्द्र मोक्तानले कलर करेक्सन गरेका हुन् ।