पछिल्लो २४ घन्टामा ४६३६ जनालाई कोरोना, ४ सँक्रमितको मृत्यु


ब्युटी न्युज नोपल
काठमाडौं, १ माघ

नेपालमा कोरोना सँक्रमण दिनदिनै बढीरहेको छ । यसै क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१० हजार ४१२ पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार १४४ एन्टिजेन परीक्षणमा ९३३ जना गरी ४ हजार ६३६ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लफो २४ घण्टामा ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् । गएको २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।

यतीबेला कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या मुलुकभर २१ हजार ५८४ पुगेको छ । सक्रिय संक्रमितमध्ये २० हजार ५३६ जना होम आइसोलेसनमा र १ हजार ४८ जना अस्पतालमा छन् ।

अस्पतालमा रहेकामध्ये ११९ जना आईसीयूमा र २६ जना भेन्टिलेटरमा छन् । कोरोना संक्रमणका कारण नेपालमा हालसम्म ११ हजार ६१७ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १ हजार ५९१, ललितपुरमा ४८६, भक्तपुरमा १४२ जना गरी उपत्यकामा २,२१९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै चितवनमा २०५, सुनसरीमा ११६, कैलालीमा १०७, मोरङमा १०४, मकवानपुरमा ८३, कास्कीमा ७३, धनुषामा ६९, नवलपरासी पूर्वमा ६६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

झापामा ४०, पर्सा र बाँकेमा ३९/३९, काभ्रेमा ३७, दाङमा ३०, तनहुँमा २५, सिरहामा २३, सुर्खेतमा २२, सर्लाहीमा १९, महोत्तरीमा १८, नुवाकोटमा १६, रामेछाप, सिन्धुपाल्चोक र पाल्पामा १५/१५, बाग्लुङ र स्याङ्जामा १४/१४, बारा र सिन्धुलीमा १३/१३ ओखलढुंगा र सप्तरीमा ११/११, नवलपरासी पश्चिम र रोल्पामा १०/१० जनमा संक्रमण पुष्टि भएको छ ।