रुबी भ्यालीमा पहिरोमा तीन जना बेपत्ता, खोजी जारी


ब्युटी न्युज नेपाल
धादिङ २९ पुस,

धादिङको रुबीभ्यालीमा डोजरसहित बाटो खन्दै गरेको तीन जना व्यक्ति आज बिहानबाट पहिरोमा पुरिएर बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा उनीहरु बिहानैबाट डोजर मार्फत बाटो खन्दै थिए । सोही क्रममा माथ भिरबाट खसेको पहिरोले डोजरसहित तीन जना नै पुरेर बेपत्ता बनाएको छ । स्काभेटर चालक, सहचालक र एक स्थानिय हराएको तिप्लिङका शिक्षक नरबहादुर घलेले बताए ।

स्थानीय व्यक्तिहरुको सहयोगमो उनीहरुको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले बताउका छन् । उनका अनुसार सो घटना बिहान साढे आठ बजे भएको हो । उनीहरुको खोजीको लागि टोली परिचालन गरिएको पनि उनले बताएका छन् ।