ब्युटी न्युज नेपाल
काठमाडौं २५ पुष

सरकारले १५ दिन विद्यालय बिदा गर्ने निर्णय गरेको छ । सिसीएमसीको आइतबार बसेको बैठकले १५ दिन विद्यालय बिदा दिन सिफारिस गरेको थियो । कोरोना भाइरस संक्रमण बढेपछि सो सिफारिसको आधारमा १५ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

सिसीएमसीको उक्त सिफारिसलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनमा लैजाने भएको छ । मन्त्रालयले सचिवस्तरको बैठक गरेर सिसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो । वार्षिक बिदामा मिलान हुने गरी अहिलेलाई १५ दिन विद्यालय बन्द गर्न लागिएको छ ।