तिमी काठमाडौंमा आकाश,गरिमा र मन्दीपराज


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ पुष

गायक रवी ओडको स्वरमा रहेको ‘तिमी काठमाडौको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा राजेन्द्र त्रिपाठीको शब्द रहेको छ । यो गीतमा बाबुल गिरीको संगीत तथा संगीत संयोजन गरेका हुन् ।

सगुन फिल्म्स प्रोडक्सनको प्रस्तुति रहेको यो गीतको भिडियोमा आकाश श्रेष्ठ, गरिमा शर्मा, मन्दीपराज घिमिरेले अभिनय गरेका छन् ।

भिडियोमा रोनित विसुंखेको सम्पादन तथा कलर, मदन कश्यप घिमिरेको छायांकन तथा सुदन खड्काको कोरियोग्राफी र निर्देशन छ । यसको सुरज खड्काले प्रोडक्सन डिजाइन गरेका हुन् ।

यो गीतको भिडियोलाई बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको छ । भिडियोमा दीपकमान श्रेष्ठको प्रोडक्सन डिजाइनर तथा रोहन रम्तेल एसोसिएट कोरियोग्राफर रहेको छ ।