ब्युटी न्युज नेपाल
काठमाडौं, २३ पुष

नयाँ चलचित्र हामी तीन भाई फेरी निर्माण हुने भएको छ । यो चलचित्रको नयाँ गीत रेकर्डिङ गरिएको छ । साप शक्तिको संगीत रहेको गीतमा गायिका अस्मिता अधिकारी र शक्तिले स्वर दिएका छन् । ए प्लस स्टुडियोमा रेकडिङ्ग गरिएको गीतलाई महाराज थापाले एरेञ्ज गरेका हुन् । सिनेमाका विशेष सहायोगीमा शम्भु कुमार केसी छन् ।

मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको सिनेमामा सलोन बस्नेत, जाहन्वी बस्नेत, शिशिर राणा, विकाश चापागाई, दिक्षा पाण्डे, दीपक मगर, भुवन काफ्ले, नरेन केसी र टेकेन्द्र न्यौपाने लगायतका कलाकारको अभिनय रहनेछ । सिनेमाका लागि केही मुख्य कलाकार हाल छनोटको चरणमा छन् । प्रसिद्धि सिने आर्टसको व्यानरमा निर्माण हुने सिनेमाका प्रस्तुतकर्ता साजित महत हुन् ।

विक्रम तामाङ कार्यकारी निर्माता रहेको सिनेमामा हिमाल केसीको द्धन्द्व निर्देशन, कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन, सुलभ मणि सापकोटा गीत रचना र मनिष गौतम र रिवाज दाहालको लेखन रहेको छ । पारिवारिक प्रेम कथामा आधारित रहने सिनेमाको मुख्य सहायक निर्देशक विनय पौडेल र रामजी राउत हुन् । सिनेमाको प्रोडक्सन कन्ट्रोलरमा शंकर बस्नेत र राम कार्की छन् ।