अष्ट्रेलियाबाट पर्पला


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ पुष

अस्ट्रेलियाबाट चलचित्र ‘पर्पला’ निर्माण भएको छ । निर्माण युनिटले यो चलचित्रको फष्टलुक्स पोस्टर पनि सार्वजनिक गरेका छन् । ‘पर्पला’ थ्रिलर जनरामा निर्माण भएको फिल्म हो । अष्ट्रेलियामा बस्ने नेपालीको जीवनमा घटेका विभिन्न घटनाक्रमबाट फिल्म निर्माण भएको लेखक तथा निर्देशक मनोज अधिकारीले बताउँछन् ।

‘पर्पला’ का मुख्य कलाकार अभिनेता पुकार गौतम र निखिला बुढाथोकी हुन् । पेशाले नर्स निखिला अस्ट्रेलियामा बेली डान्सरको रुपमा परिचित छिन् । फिल्ममा रोजी पन्त, प्रेक्षा अधिकारी, ओल्गा तमरालगायतको पनि अभिनय देख्न सकिन्छ । आरकेएस अस्ट्रेलिया, ओएमजी इन्टरटेन्टमेन्ट र ग्रीन हिल्स इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन छ । रविन्द्र कुमार शर्मा, डम्बर बहादुर रसाइली, छवि अधिकारी, सरोज कुमार वाइबा निर्माता रहेको फिल्ममा सरस्वती गौतम, शृजना ल्वागुन, भिमराज रसाइली, वचनकुमार मल्ल सह–निर्माता रहेका छन् ।

हलिउड प्राविधिक र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्मित फिल्मको सम्पूर्ण छायाँकन अष्ट्रेलियामा गरिएको छ । कलाकार भानुप्रतापले फिल्म निर्माण गरेका हुन् । भानुप्रतापले यस अगाडि नेपालमा फिल्म ‘लाल्टिन’ निर्माण गरेका थिए । निर्देशक अधिकारीले भने यस अगाडि ‘ऋतु’ र ‘गर्ल एडिक्टेड’ भन्ने अंग्रेजी फिल्म निर्देशन गरेका थिए ।