पाल्पामा बस दुर्घटना, ७ जनाको मृत्यु


ब्युटी न्युज नेपाल
तानसेन, १८ पुष

पाल्पामा भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । आईतबार बिहान बुटबलदेखि रिडितर्फ गएको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना भई ६० मिटर तल खसेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर श्वातीले बताएका छन् ।

घाइतेको उद्धारमा प्रहरी र स्थानीयवासी लागेका छन् । मृत्तकको सनाखत हुन बाँकी रहेको जनाइएको छ । दुर्घटना बिहान १०ः३० बजे भएको हो ।