ज्योती लिएर आईन विद्या


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ पुष

सुगम संगीतमा आफ्नो फरक परिचय बनाउँदै आएकी गायिका विद्या मञ्जु तिवारीले आफ्नो नयाँ गीत ज्योति…को भिडियो दर्शकमाझ ल्याएकी छिन् । यो गीतलाई गायक तथा संगीतकार कमल खत्रीद्वारा संगीतवद्ध गरेका हुन् । यो गीतको हिमांशु रायमाझी गोधुलीले रचना गरेका हुन् ।

सार्वजनिक गीतको म्युजिक भिडियोमा गायिका तिवारीले नै अभिनय गरेकी छिन् । भिडियोको विशेषता भनेकै एकै स्थानमा बसेर यसको छायाँकन सम्पन्न गरिएको छ । भिडियोलाई एउटा प्रयोगका रुपमा प्रस्तुत गरिएको छ । अभिनाश मानन्धरको छायांकन रहेको भिडियोलाई डिन्सन शाहले सम्पादन गरेका हुन् । भिडियोलाई अनिल के मानन्धरले निर्देशन गरेका हुन् ।