भिडियोमा सम्झना पाण्डेको ’नाचम नाचम’


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ पुष

गायिका सम्झना पाण्डेले नयाँ गीत नाचम भिडियो सार्वजनिक गरिएको छ । हाँस्य अभिनेता मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा यो गतिको भिडियो काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ । सम्झना पाण्डे र राजन राज शिवाकोटीको स्वर रहेको यो गीतमा शब्द तथा संगीत राजन राज शिवाकोटीको छ । जसमा राजन इशानको संगीत संयोजन रहेको छ ।

भिडियो सार्वजनिक कार्यक्रममा मदन कृष्ण श्रेष्ठले गायिका तथा मोडल पाण्डेलाई शुभकामना दिंदै उनको गायनको प्रसंशा गरे । राहुल शाहले कोरियोग्राफी तथा निर्देशन गरेको भिडियोमा गम्भीर बिस्ट,सम्झना पाण्डे,राहुल शाह,साइलेश विस्ट र कविता न्यौपानेको अभिनय छ ।

हरी हुमागाईंले छायाँकन गरेको भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका छन्। भिडियो सम्झना पाण्डेको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियो प्रिमियरमा गायिका पाण्डेको अर्को भिडियो पनि देखाईएको छ । अनुप चापागाईको निर्देशनमा बनेको भिडियोमा सम्झना पाण्डे र शिशिर भण्डारीको अभिनय थियो । भिडियोमा बुद्ध थापाको छायाँकन, विकास दाहालको सम्पादन र केविका खत्रीको कोरियोग्राफी छ । भिडियो यु ट्युबमा केहि समय पछि सार्वजनिक गरिने निर्माण टिमले बताएको छ ।

बाल्यकाल देखि नै गायनमा रुचि राख्ने पाण्डेले यस अघि आफ्नो स्वरमा ४ वटा गीत सार्वजनिक गरि सकेकी छन् । अमेरिका बसे पनि नेपाल र नेपाली गीत संगीतलाई माया गर्ने पाण्डेले यस पटकको नेपाल बसाईमा तिन वटा गीत र भिडियो निर्माण गरेकी छन् । पढाईको सिलसिलामा अमेरिका पुगेकी पाण्डेले मास्टर्स सम्मको अध्ययन सकेकी छन् । उनी पेशाले नर्स हुन् ।