२७ फागुनमा आउने भयो आकाशे खेती


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ पुष

चलचित्र ‘आकासे खेती’ को फष्टलुक अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । यो चलचित्रलाई उदय सुब्बाले निर्देशन गरेका हुन् । अब यो चलचित्र आगामी २७ फागुनबाट मुलुकका सिनेमा हलमा रिलिज हुने भएको छ । यतीबेला आकाशे खेतीको प्रचार प्रसारको पहिलो सामग्रीको रुपमा दुई पोस्टर बाहिर ल्याएको हो । गौरव पहारी, विल्सन बिक्रम राई ‘तक्के बुढा’, बुद्धी तामाङ ‘हैट’, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिब्बु, जयनन्द लामा, शिशिर वाङ्देल लगायको मुख्य भुमिका फिल्ममा छ । फिल्मको फष्टलुकमा पनि यी नै कलाकारले प्रथामिकता पाएका छन् ।

एसएस इन्टरनेशनल फिल्मस् र ताक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा बिक्रम डिसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किरातीको द्धोन्द, रामजी लामिछाने र राजिवको नृत्य, विकाश चौधरी र बादल लिब्बुको संगीत छ । फिल्म जि.जि ग्रुपका करण श्रेष्ठले उपत्यका र एफ.डि कम्पनीले उपत्यका बाहिर बितरण गर्नेछ । फिल्म युवादेखि बृद्धसम्मको रुचिलाई ध्यानमा राखेर निर्माण गरिएको निर्देशक सुब्बाले बताए ।

युवाहरुको विना मिहिनेत पैसा कमाउने सपना र तिब्वतियन शरणार्थीको विषयमा निर्माण भएको यो निर्देशक सुब्बाको १८ औं फिल्म हो । यस अगाडि सुब्बाले थुप्रै सफल फिल्म दिएका छन् । केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङ्वाङ, दीलप्रकाश याक्सो निर्माता रहेको फिल्मको कथा निर्देशक आफैले तयार पारेका हुन् । फिल्मको सम्वाद भने कलाकार विल्सन बिक्रम राई ‘तक्के बुढा’ले लेखेका हुन् ।