देशभरका सिनेमा हलमा आयो चलचित्र चुरीफुरी


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ पुष

आज शुक्रबारबाट मुलुकका पाँच दर्जन भन्दा बढी सिनेमा हलमा चलचित्र ‘चुरीफुरी’ रिलिज भएको छ । यो चलचित्रलाई ऋषीराज आचार्यले निर्देशन निर्माण गरेका हुन् । पछिल्लो समय राम्रो चलचित्र हलमा नआएको बेला यो चलचित्रप्रति निकै आशा गरिएको छ । चलचित्र हास्यप्रधान रहेको यसका निर्देशक आचार्यले बताएका छन् ।

यो चलचित्रमा रबिन्द्र झा,शिसिर भण्डारी,दीपक आचार्य (काकु), सुरवीर पण्डित (दारी बा), पवन खतिवडा (म्याकुरी), सुबोध गौतम (एदुमे), अभिषेक श्रेष्ठ, सोन बज्रचार्य, पूजा पन्त, राजीवजंग बस्नेत, रिन्जिन गुरुङ,तुलसीप्रसाद श्रेष्ठ,सुनीता श्रेष्ठ,राजेन्द्र खाती,जोया ढकाल, ऋतु आचार्यको मुख्य भूमिका रहेको छ । डिसिएनले बितरण गर्ने यो चलचित्र अष्ट्रेलिया, अमेरिका, कतार,जापान लगायतका देशमा पनि प्रदर्शन हुने निर्देशक ऋषीराजले बताए ।

हास्य प्रधान यो चलचित्रमा हास्यकलाकारहरु यसमा अभिनय रहेको निर्देशक आचार्यले बताए । निर्देशक आचार्यकै लेखन रहेको यो चलचित्रमा राहुल राईको छायाँकन, नवीन निरौलाको सम्पादन, दीपक शर्माको संगीत, भीमफेदी गाइजको कोरियोग्राफी छ । फिल्मको सहनिर्मातामा बिमला भुसाल, राजेन्द्र खाती,  शिब थापा र खेमराज भण्डारी छन् भने निर्मातामा निर्देशक आचार्य स्वयम् र रिना ढकाल (भण्डारी) छन् ।