अलिफ र रानीको यस्तो मायाँ…भिडियोमा


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ पुष

गायक अलिफ खान र गायिका रानी शाक्यको युगल स्वरमा नयाँ गीत ’यस्तो माया…’को भिडियो दर्शकमाझ आएको छ । यो गीतलाई गीतकार निशा अर्यालले लेखेकी हुन् । जसमा दिपक शर्माको संगीत रहेको छ । गीतमा रिदम कडेलको एरेन्ज रहेको छ । भिडियोलाइ गायिका रानी शाक्यको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । पछिल्लो समयको व्यस्त गायक अलिफले यसपटक रानीसँग यो गीत गायका हुन् । रानी अमेरिकामा बस्ने गायिका हुन् ।

यो गीतको भिडियो दोलखाको खरीढुंगा, मुडे र कालिञ्चोकमा छायांकन गरिएको छ । निके रोमान्चकारी बनेको यो गीतको भिडियोमा नायिका नम्रता सापकोटा र मोडल कमल सिंहको अभिनय रहेको छ । रायन कार्कीको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायाँकन र बिष्णु खड्काको सम्पादन रहेको छ ।