अखिल नेपाल चलचित्रकर्मी संघमा नयाँ कार्यसमिति


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ पुष

काठमाडौंमा सम्पन्न चौथो अधिवेशनबाट अखिल नेपाल चलचित्रकर्मी संघको नयाँ कार्यसमिति चयन भएको छ । चलचित्र निर्माता निर्देशक उदय सुब्बाको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएका छन् । संघमा ४५ जना नयाँ केन्द्रिय सदस्य कार्यसमिति चयन भएको छ ।
यस संघको उपाध्यक्षमा कलाकार निर्देशक सुवास गजुरेल, निर्देशक गीतकार डब्बु क्षत्री, कलाकार भुपेन्द्र खड्का, कलाकार बिराज थपलिया र निर्माता किशान पोखरेल चयन भएका छन् ।

यस्तै संघको महासचिबमा कलाकार रामेश्वर बुर्लाकोटी चयन भएका छन् । यस संघको सचिबमा द्धन्द्ध निर्देशक कुमार महर्जन, कलाकार राजकुमार लिङदेन, निर्देशक केएल पिडित र कोषाध्यक्ष कलाकार सुष्मा कार्की श्रेष्ठ चयन भएका छन् ।

यस्तै संघको केन्द्रिय सदस्यहरुमा कलाकारहरु दुर्गा नेम्वाङ, प्रकाश तिवारी, मदन इङनाम, राजु किरात, बिमला लिम्बु, रामशरण उप्रेती, शिवहरि रोका, बिनोद मगर, बिक्रम धिमाल, पुष्प श्रेष्ठ, सुमन लिम्बु, सरिता भारती, रमेश कुमार क्षत्री, कर्ण थापा, मिलन लिम्बु लगायत चयन भएका छन् । संघको प्रदेश, जिल्ला कार्यसमित हालै मात्र चयन भएको हो ।