केशवको कोरियोग्राफीमा बिकाश र बिनाको तिमीलाई चाहेर


 

ब्युटी न्युज नेपाल
काठमाडौं, ३ पुष

गायिका मेलिना राईको स्वरमा नयाँ गीत तिमीलाई चाहेर मनले…को भिडियो सार्वजनिक भएको छ । यो गीतको रचना केदार बडुवाल क्षत्रीले गरेका हुन् । जसमा संगीत पनि केदारकै रहेको छ ।

यो गीतको भिढियोलाई केशव राज भट्टले निर्देशन गरेको हुन् । भिडियोको कोरियोग्राफर पनि भट्ट आफैं हुन् । लामो समय मुम्बईमा कोरियोग्राफी गरेर आएका केशब पछिल्लो समय नेपाली म्युजिक भिडियोको कोरियोग्राफीमा व्यस्त छन् ।

यो गीतको भिडियोमा बिकास लामिछाने र बिना राउतको अभिनय रहेको छ । तिमिलाई चाहेर मनले भिडियोमा हिमाली भेगमा बस्ने युवा युवतीको प्रेम भाव प्रस्तुत गरिएको छ । गीत जति मिठो छ । भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ । भिडियोको छायाँकन कलिञ्चोकमा गरिएको हो । यो गीतको भिडियोमा बुद्द थापाको छायांकन , दिन्सन शाहको सम्पादन रहेको छ ।