गगन थापा र विश्वप्रकाशले जित्दा मिनेन्द्रले दिए राजिनामा


ब्युटी न्युज नेपाल
काठमाडौं, १ पुष

नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा बिजयी भएका छन् । ६ उम्मेदवारमध्य गगन र विश्वप्रकाश निर्वाचित भएका छन् ।  ४६८२ मत खसेकोमा थापाले ३०२३ मत ल्याउादा विश्वप्रकाशले १९८४ मत पाएका छन् । गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।

शेरबहादुर देउवाको प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिएका थिए । देउवा दोस्रो चरणबाट सभापतिमा चुनिदा महत र पौडेल दुबै महामन्त्रीमा पराजित भए । महतले १५५६ र पौडेलले १३९३ मत पाएका छन् ।

शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका मिनेन्द्र रिजालले ८०९ मात्र मत पाए । विमलेन्द्र निधिको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका राजाराम कार्कीले १०६ मत पाएका छन् ।