सालघारीमा निक्स र उषा


ब्युटी न्युज नेपाल
काठमाडौँ, २८ मँसिर

गायक प्रभावन जे र गायिका रोजिना बस्नेतको स्वरमा रहेको नयाँ गीत सालघारीमा…को भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा माधब थापाको शब्द तथा संगीत रहेको छ । गीतमा संगीत संयोजन प्रभावन जेले नै गरेका हुन् । यो गीतलाई एक्सन स्टुडियो नेपालमा रेकर्ड गरिएको हो । गीतमा रेकर्डिस्ट कर्ण सन्ज्याल र मिक्सिंग तथा मास्टरिङ्ग मनोज परियारको रहेको छ। माया प्रेम र वियोगान्त भाव बोकेको भिडियोमा एक जोडी प्रेमीको कथालाई प्रस्तुत गरिएको छ ।

शँंकर बिसीको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा निक्स शर्मा र उषा सुबेदीको अभिनय रहेको छ । उनीहरुको प्रेममा आरोह र अवरोह प्रस्तुत गरिएको छ । दुर्गा पौडेलले छायाँकन गरेको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका छन् । भिडियो डिएआर मुभिजको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।