बरिष्ट ब्युटिसियन सोनी कारँजितद्धारा मिनाको बनेपा फेसियल हाउस उद्घाटन


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ मंसिर

बिगत ७ वर्ष भन्दा लामो समयदेखि व्युटिसियन पेशामा सम्लग्न रहँदै आएकी सौन्दर्यकर्मी मिना लामाले बनेपामा सुविधा सम्पन्न ‘बनेपा फेसियल हाउस’ सञ्चालन गरेकी छिन् । काठमाडौंको रबिभवन स्थित रोज सिप विकाश तालिम केन्द्रमा लामो समय ब्युटिसियन सम्बन्धि सम्पूर्ण प्रशिक्षण लिएर सिटिईभिटीमा परीक्षा दिई उतिर्ण गरेपछि मिनाले यो आफ्नो पार्लर खोलेकी हुन् ।

बरिष्ट ब्युटिसियन तथा रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष सोनी कारँजितले रिबन काटेर सो पार्लरको शनिबार दिउँसो उद्घाटन गरेकी छिन् । उद्घाटन समारोहमा बोल्दै बरिष्ट ब्युटिसियन सोनीले अहिलेसम्म आफुले १० हजार भन्दा बढीलाई प्रशिक्षण दिएका मध्य मिना पनि त्यत्तिकै सक्षम विधार्थी भएको पनि उनले बताईन् । आफना हरेक विधार्थीले प्रगति गर्दा आफु हर्षित हुने उनको कथन थियो । कार्यक्रममा बोल्दै उनले भनिन्,‘केही गर्छु भन्ने उदेश्यका साथ लामो समयदेखि ब्युटिपार्लर सम्बन्धि सम्पूर्ण प्रशिक्षण लिएकी मिनाले आज आफ्नै व्युटिपार्लर खोल्दा म अत्यन्त खुसी छु । सुविधा सम्पन्न बनेपा फेसियल हाउस यो क्षेत्रकै उत्कृष्ट पार्लर हुने विश्वास मैले लिएकी छु ।’

कार्यक्रममा राजधानी दैनिकमा अग्रज पत्रकार एवम् गीतकार डब्बु क्षत्रीले ब्युटिसियन ट्यालेन्ट नेपाल २०२१ की सेकेन्ड रनरअप समेत भएकी मिनाको लामो अनुभवले बनेपा फेसियल हाउसको सेवा उत्कृष्ट हुने विश्वास व्यक्त गरे । आफ्नो गुरु सोनी कारंजितको पथ पहिल्याएर अघि बढ्नु नै मिनाको तर्फबाट गुरुको उच्च सम्मान भएको पनि क्षत्रीले बताए ।

सो पार्लरकी अध्यक्ष एवम् ब्युटिसियन मिना लामाले उद्घाटनका क्रममा भनिन्,‘रोज ब्युटी पार्लरमा प्रशिक्षण लिँदा मेरो गुरु सोनी कारँजित जस्तै हुन्छु भनेकी थिएँ । आज उहाँकै प्रेरणासँगै मेरो श्रीमानको सहयोगले यो पार्लर सञ्चालन गर्न सकेको छु ।’ बनेपा फेसियल हाउसले महिला पुरुष दुबैलाई सौन्दर्य सम्बन्धि सम्पूण सुविधा दिने पनि मिनाले बताईन् । आफु यो पेशामा आत्म निर्भर हुन्छु भनेरै लामो समय ब्युटिसियन सम्बन्धि प्रशिक्षण लिएर मात्र आफुले बनेपा फेसियल हाउस खोलेको पनि मिना लामाले बताईन्,‘बनेपामा सुविधा सम्पन्न व्युटिपर्लर चल्छ र जस्तो लागेको थियो । तर यहाँ त काठमाडौका भन्दा ब्रान्डेड कस्मेटिक सामग्री प्रयोग गर्ने कस्टमरहरु पाएर म निकै खुसी छु ।’

कार्यक्रममा विभिन्न मेकअप आर्टिस्ट राज पाण्डे, एन प्लसका कन्ट्रि म्यानेजर पदम शर्मा, कस्मेटिक व्यबसायी सुन्दर खनालसहित विभिन्न व्यक्तहरुले मिनालाई सफलताको शुभकामना व्यक्त गरेका थिए । गायिका तथा सञ्चारकर्मी विष्णु मायाँ पौडेलले दोहोरी गीत गाउँदै सो कार्यक्रम निकै आकर्षक रुपमा सञ्चालन गरेकी थिईन् । कार्यक्रममा विभिन्न ब्युटिसियन, सञ्चारकर्मी तथा मिनाको आफन्त र शुभचिन्तकको उपस्थिति थियो ।