देशभरका सिनेमा हलमा आयो सकिन भुल्न तिमीलाई


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ मँसिर

नयाँ चलचित्र ‘सकिन भुल्न तिमिलाई’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । योचलचित्र काठमाडौंका सबैजसो सिँगल थिएटर र मोफसलका अधिकाँस सिँगल तथा मल्टिप्लेक्स थिएटरमा रिलिज भएको यसको निर्माण पक्षले जनाएको छ । यो चलचित्र राज बस्न्यात को निर्माण निर्देशनमा तयार भएको हो । चलचित्र प्रेम कथामा आधारित रहेको निर्देशक बस्न्यातले बताएका छन् । युवा पुस्ताको प्रेम, रोमान्स र बीयोग लाई चलचित्रको पर्दामा उतारिएको यसका निर्देशक बस्न्यातले बताएका छन् । चलचित्रलाई देशभर आरआर फिल्मसले बितरण गरेको छ ।

यो चलचित्रमा पनाह अधिकारी, शुशान्त कार्की, एस के बमजनलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रको कथा पटकथा पनि अभिनेत्री पनाहले लेखेकी हुन्,‘मैले देखेको एउटा सामाजिक प्रेम कथाको घटनालाई चलचित्रको कथामा उतारेको हुँ । आशा छ यो चलचित्र दर्शकलाई मन पर्ने छ ।’

यो चलचित्रमा बिनोद सापकोटाको छायाँकन, समीर मियाँको सम्पादन रहेको छ ।