ब्युटी न्युज नेपाल
काठमाडौं, १७ मँसिर

काठमाडौं । मिस विश्व कस्मोपोलिटन–२०१९ का विजेता तथा भिजे एंव मोडल प्रियारानी लामा एउटा गीतको भिडियोमा राजकुमारीको रुपमा प्रस्तुत भएकी छिन् । एउटा गीतमा उनी मोडल रामहरी खड्काको राजकुमारीको रुपमा प्रस्तुत भएकी छन् ।
प्रियारानी र रामहरी फिचर भएको गीतमा स्वर र संगीत भने निरज लामाको रहेको छ । खगेन्द्र भट्टराईले गीतको शब्द रचना गरेका छन् ।

काठमाडौंको एक कार्यक्रममा मोडल प्रियारानीले हिमालको काखमा खिचिएको गीतमा प्राकृतिक अनुपमलाई मिसाईएको बताईन् । नेपाल पर्यटनका लागि संभावना बोको देश भएको हुदाँ गीतमा देखाइएको स्थानले पर्यटन प्रवद्र्धनलाई टेवा पुग्ने बताईन् । गीतलाई मनाङ, मुस्ताङलगायतका ठाउँमा खिचिएको छ ।

यस्तै निर्देशक थापाले नेपाली भिडियोहरु गुणात्मक रुपमा बनाउन नसकिरहेको अवस्थामा राम्रो भिडियो बनाउने कोशिश गरेको बताए । गीतमा राजकुमार र राजकुमारी कल्पना गर्ने यूवाहरुको प्रेमलाई रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ ।