सन्तोष कटवालको शब्दमा‘चाँदनी रात‘ सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, २० मँसिर

गायिका रितु अधिकारी ‘जलजला‘ले आफ्नो स्वरमा नयाँ गीत ‘चाँदनी रात‘को भिडियो सार्वजनिक गरेकी छिन् । सन्तोष कट्वालको शब्द रचना रहेको गीतमा विक्रम थापाको संगीत रहेको छ ।

जसु याक्खाले निर्देशन गरेको भिडियोमा रितु अधिकारी ‘जलजला‘ र सन्तोष कटवालले अभिनय गरेका छन् । प्रेमको परिभाषालाई गीत मार्फत ब्यक्त गर्ने कोशिष गरिएको छ । प्रेमील जोडि विचको रोमान्चक प्रेम कहानीलाई गीतमा ब्यक्त गरिएको छ ।
दिनेश पराजुलीले छायाँकन गरेको गीतको भिडियोलाई अमृत चापागाईँले सम्पादन गरेका हुन् । भिडियो स्वर्ण संगीत को अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।