कमल थापालाई हराउँदै राप्रपाका अध्यक्ष बने राजेन्द्र लिङदेन, रेखाले पनि हारिन्


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ मँसिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रिय अध्यक्षमा राजेन्द्र लिङदेन बिजयी भएका छन् । लिङ्देनले १ हजार ८ सय १७ मत मत ल्याई अध्यक्षमा जितेका हुन् । अध्यक्षमा पराजय भएका कमल थापाले १ हजार ६ सय १७ मत ल्याएका छन् ।

यस्तै खुला उपाध्यक्षमा पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ र ध्रुव बहादुर प्रधान, महिला उपाध्यक्षमा रोशन कार्की बिजयी भएका छन् । खुला महामन्त्रीमा डा. धवल शम्सेर राणा र भुवन कुमार पाठक विजयी भएका छन् । महिला महामन्त्रीमा कुन्ती शाही बिजयी भएकी छिन् । महिला महामन्त्री मै नायिका रेखा थापा उठेकी थिईन् । कुन्तीसँग रेखा पराजित भईन् ।