ब्युटी न्युज नेपाल
काठमाडौंँ, १६ मँसिर

गायकद्धय नकुल थापा र विष्णु थापाले मिठो लोकदोहोरी भाका ढल्की जाला त्यो लाली जोवान…को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । जसमा नकुल र विष्णुको स्वर तथा शब्द रचना रहेको छ । नकुलकै लय रहेको दोहारी गायनमा गायकद्वयलाई गायिकाहरु प्रतिमा अर्याल र रीता पौडेलले साथ दिएका छन्।

यो गीत र भिडियो नकुल र विष्णुको गृह जिल्ला सिन्धुपाल्चोकस्थित सुनकोशी नदी तथा धार्मिक एवं पर्यटकिय गन्तव्य बलेफीलाई केन्द्रित गरी तयार पारिएको छ । लोकदोहोरी भाकामा यसका शव्द रचनाकार नकुल र विष्णुले भनेका छन्
बलेफीमा सुनकोशी दोभान,
चोखो माया लाईहाल बेलैमा
ढल्कि जाला त्यो लाली जोवान।

बाल्यकालमा सँगै हुर्की लामो समयपछिको भेटघाटको सिलसिलामा गाईएको गीतको म्युजिक भिडियो आकर्षक बनेको छ । जुनसुकै सभा समारोह र मनोरञ्जस्थल तथा मेला, पर्व र पिकनिकमा छम छम नाच्न मिल्ने गरी तयार पारिएको म्युजिक भिडियोमा मोडलहरु सञ्जिव ठकुरी र अस्मिता आचार्यका साथमा बाल कलाकारहरु निश्चल जंग थापा र गृष्मा थापा मगरले अभिनय नृत्य गरेका छन् ।

शिशिर बुढाथोकीको निर्देशन र कोरीयोग्राफी रहेको म्युजिक भिडियोमा ड्रोनबाट छायांकन गरिएको सु्नकोशी नदी, बलेफी र त्यस आसापासका आकर्षक तथा रमणीय दृश्यसमेत समावेश गरिको छ । त्रिपुरा म्युजिक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो श्रीकाली चौरको रमणीय स्थलमा छायाँकन गरिएको छ ।

त्रिपुरा म्युजिक नेपाल प्रालिले उत्पादन तथा वितरण गरेको गीतको म्युजिक भिडियोमा दीपक गिरीको छायाँकन, रोशन धितालको सम्पादन र रामचन्द्र बस्नेतको ड्रोन रहेको छ। गीतको संगीत संयोजन पवन वाङ लामाले गरेका छन् । लोकदोहोरीका गायक तथा शव्द रचनाकार नकुल थापाले आफु जन्मे हुर्केको जिल्लाको थप प्रवद्र्वनका लागि गीतमा सो क्षेत्रको प्रसंगसमेत जोडिएके बताए ।