ब्युटी न्युज नेपाल
काठमाडौं, १६ मँसिर

अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्री पार्टी (राप्रपा) को महामन्त्री उम्मेदवार बनेकी छिन् । काठमाडौंको भृकुटी मण्डपमा जारी राप्रकाको राष्ट्रिय महाधिवशेनमा उनी केन्द्रिय महामन्त्री पदमा उम्मेदवार बनेकी हुन् ।

यतीबेला राप्रपाको चुनाव भृकुटी मण्डपमा चरिहरहेको छ । राप्रपाको अध्यक्षका लागि राजेन्द्र लिँगदेन र कमल थापाले अध्यक्षको उम्मेदवारी दिएका छन् । अभिनेत्री रेखा थापाले राजेन्द्र लिँगदेनको प्यानलबाट महामन्त्रीको उम्मेदवारी दिएकी हुन् । उता कमल थापाको प्यानलबाट महिला महामन्त्रीको लागि कुन्ती शाहीले उम्मेदवारी दिएकी छिन् । अहिले महिला महामन्त्रीको लागि रेखा थापा र कुन्ती शाहीबीच प्रतिस्पर्धा भईरहेको छ ।