भारतीय र्यापर क्विन राजा कुमारीको कन्सर्ट शनिबार साँझ फरेनहाईटमा


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ मँसिर

भारतीय–अमेरिकी र्यापर राजा कुमारीले शनिबार बेलुका आफ्ना नेपाली फ्यानहरुलाई काठमाडौंमा नचाउने भएकी छिन् । उनी आफ्नो प्रस्तुतिको लागि ३ डिसेम्बर अर्थात १७ मँसिर शुक्रबार काठमाडौं आउँदै छिन् । उनको शनिबार डिसेम्बर ४ मा काठमाडौंको ठमेल स्थित सञ्चलयकोष भवनको पारिपटी रहेको क्लब फरेनहाइटमा कन्सर्ट छ । सोही कन्सर्टमा उनी शनिबारसाँझ प्रस्तुत हुने भएकी छिन् ।

उनको बास्तविक नाम स्वेथा राव भए पनि उनी साँगीतिक क्षेत्रमा राजा कुमारीका नामले परिचित छिन् । उनी काठमाडौं आउने कुराले नेपाली फ्यान यतिखेर उत्साहित छन् । पुरुष आवाजको दबदबा रहेको भारतीय संगीत क्षेत्रमा राजा कुमारी त्यस्तो नाम हो । जसले र्याप विधामा एक्लैले राज गरिरहेकी छन् ।

राजा कुमारीको शनिबारको कन्सर्टका लागि टिकटको व्यवस्था गरिएको छ । नेपाल कोरोना कहरबाट मुक्त हुँदै गरेको सन्देश पुर्याउन उनलाई नेपाल बोलाइएको क्लब फरेनहाइटका संचालक सोनम शेर्पाले जनाएका छन् । गीतका शब्द र मोडर्न पोयट्रीकी रानी भनेर परिचित उनको शनिबार प्रस्तुति विशेष हुनेछ । आफुहरुले यो कन्सर्टको लागि सबै तयारी गरेको क्लबका अर्का सञ्चालक मिलन श्रेष्ठले जानकारी गराएका छन् ।

गायन, लेखनमा निडर राजा कुमारी पूर्व र पश्चिमा संगीत जोड्ने सेतु हुन् । पग्लैट, स्केटर गर्ललगायतको फिल्ममा आवाज दिइसकेकी उनले डिभाइनसँग ’सिटी स्लम’मा आवाज दिएकी थिइन् ।