गायक मोहन राई संस्कृतिक संघको केन्द्रिय सदस्यमा मनोनित


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ मंसिर

गायक तथा संगीतकार मोहन राई नेपाल संस्कृतिक संघको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । बिगत दुई दशक भन्दा लामो समय देखि नेकपा एमालेसँग सम्बद्ध रहेका उनी एमालेको भातृसंस्था जन संस्कृतिक महासंघमा लामो समयदेखि आबद्ध थिए ।

केही समय अघि एमाले फुटेर दुई समुह भएपछि धेरै कार्यकर्ताहरुले सो पार्टी छाडेका छन् । यही क्रममा मोहन राई पनि काँग्रेसमा प्रवेश गरेका हुन् । उनलाई एक मार्यक्रम बीच नेपाल सांस्कृतिक संघका अध्यक्ष तीथबहादुर थापाले केन्द्रिय सदस्यमा मनोनयन गरिएको घोषणा सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

आफु संगीतकर्मी भएको र नेपाल संस्कृतिक संघबाट पनि सांस्कृतिक आन्दोलनमा अघि बढ्ना सकिने भएकाले यो संघमा आबद्ध भएको गायक राईले बताएका छन् ।