पनाहले धोका दिए पछि


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ मँसिर

म्यूजिक भिडियो बाट पनि सामाजिक कथा देखाउन सकिन्छ भनेर पछिल्लो समय कथा बुनेर म्यूजिक भिडियो बनाउने चलन बढ्दो छ । यसै बिच निर्देशक राज बस्न्यातको निर्देशनमा मिलाउने दैव छुटाउने दैव बोलको गीत सार्वजनीक गरिएको छ । निर्देशक बस्न्यातले आधा दर्जन भन्दा बढि फिल्म निर्देशन गरिसकेका छन् । निशान भट्टराइको आवाज , तिलक भट्टराईको शव्द एवं बसन्त सापकोटाको संगीत रहेको गजल गीतको भिडियोले अहिले समाजमा देखिरहेको परिस्थिति लाइ छर्लङ्ग पारेको छ ।

हाइलाइट्स नेपाल बाट सार्वजनिक भएको उक्त गीतको भिडियोमा नायिका पनाह अधिकारी , तिलक भट्टराई , राज बस्न्यात , सुरज पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ । यस गीतलाइ वाइपी घिमिरेले छायांकन गरेका हुन् भने सम्पादन निर्देशक बस्न्यात स्वयंले गरेका छन् । भिडियोमा कलर भर्ने काम भने जोन तामाङले गरेका हुन् ।