१३ फागुनमा रिलिज हुँदै चलचित्र प्रेमगीत ३


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ मँसिर

२०७६ चैत २८ मा रिलिजको तयारी हुँदै गरेको चलचित्र ‘प्रेमगीत ३’ त्यतिबेला कोरोना सँक्रमणका कारण जारी लकडाउनले रोकियो । अब रिलिज हुने चलचित्रमा निकै आशा गरिएको यो चलचित्र आउँदो १३ फागुनमा रिलिज हुने भएको छ । यतीबेला प्रेमगीत ३ को हिन्दी भर्सन रिलिजको लागि डेट मिलाउन मुम्बई पुगेका यो चलचित्रका निर्माता निर्देशक सन्तोष सेनले मुम्बईबाटै प्रेमगीत ३ को नेपाल रिलिज मिति घोषणा गरेका हुन् । हिन्दी भर्सन रिलिज मिति पनि चाँडै घोषणा गर्ने उनले बताएका छन् ।

यो चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, सुनिल थापा, माओत्से गुरुङ, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतको अभिनय छ । यो फिल्मबाट मनिष र क्रिस्टिनाले नायक–नायिकाको रुपमा डेब्यू गर्दैछिन् । स्वं. छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको यस चलचित्रमा राजेश श्रेष्ठले छायाँकन रहेको छ ।