सातौं छायाँछबि तिज म्युजिक अवार्ड २०७७ को फारम खुल्यो


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ साउन

कोरोना सँक्रमण केही मत्थर भएसँगै यो वर्षको तिजलाई लक्षित गरेर धमाधम म्युजिक भिडियो निर्माण हुन थालेका छन् । तिजको म्युजिक भिडियो निर्माण हुन थालेपछि बिगत झैं यसपटक पनि छायाँछबि क्रियसनले ‘सातौं छायाँछबि तिज म्युजिक अवार्ड २०७७’ आयोजना गर्ने भएको छ ।

छायाँछबि क्रियसनका अध्यक्ष शान्तिप्रियले बिगतमा हरेक वर्ष आयोजना गर्दै आएको छायाँछबी तीज म्युजिक अवार्ड आयोजना गर्न लागेको बताएका छन् ।

यो अवार्डको लागि फारम खुला गरिएको पनि उनले जानकारी गराएका छन् । यो अवार्डको लागि २५ साउनसम्म फारम बुझाईसक्नु पर्ने पनि उनले बताएका छन् । त्यसको लगत्तै मनोनयन सूची सार्वजनिक सँगै अवार्ड समारोहको मिति तय गरिने पनि उनले जानकारी गराएका छन् ।