गुञ्जनको छायाँकन दुबईमा


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ मँसिर

चलचित्र ‘गुञ्जन’को अहिले दुबईमा छायाँकन भईरहेको छ । फिल्मको एक गीत ‘सासे चल्छ पल पल तिम्रै मायाको’ छायांकन त्यहाँ भईरहेको हो । छायाँकनका लागि निर्देशक अष्ट महर्जन, निर्माता हिराकृष्ण महर्जन सहित अभिनेता प्रिमतराज सेन्चुरी र अभिनेत्री सारा सिर्पालीको साथमा जम्बो युनिट सहित दुवई पुगेको हो ।

प्रिमतराज र साराको रोमान्टिक अन्दाजमा फिल्मको गीत दुवईको बिभिन्न आकर्षक लोकेसनमा छायाँकन भइरहेको छ । जसको कोरियोग्राफी कबिराज गहतराजले गरिरहेका छन् भने छायांकन बिदुर पाण्डे छन् ।

विशुद्ध प्रेमकथाको बिषयमा बनेको फिल्ममा सारा र प्रितमराजको अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायतका कलाकारको अभिनय छ । प्रितमराजले यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।

राजु श्रेष्ठको छायाँकन, बिपिन मल्लको सम्पादन, कबिराज गहतराजको नृत्य र कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत रहेको फिल्मको काठमाडौं, पोखरा, जोमसोममा छायाँकन भएको छ ।हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्ममा अभिनेत्री नीता ढुंगानाको आकर्षक आइटम डान्स समेत रहेको छ । उनले ‘कोही भन्छन् रसिली छु रे’ बोलको गीतमा आइटम नृत्य गरेकी छन् ।