दीपाको थाहै नपाईमा सरिता, प्रवण र विनाको अभिनय


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ मँसिर

गायिका दीपा कोईरालाको गीत ‘थाहै नपाई…’को भिडियो बजारमा आएको छ । यो गीतलाई बालन्द राईले लेखेका हुन् । गीतमा संगीत पनि बालन्दकै रहेको छ । यो गीतको भिडियोलाई भिडियो क्राफ्ट नेपाल युट्युव च्यानलबाट हालै रिलिज गरिएको छ ।

गीतको भाव अनुसारको म्युजिक भिडियो निर्माण गरिएको छ । वियोगान्त भावको यो गीतको भिडियोमा त्रिकोणात्मक प्रेम कथा प्रस्तुत गरिएको छ । भिडियोमा गायिका तथा मोडल सरिता भारती, अभिनेता प्रवण भुसाल र मोडल तथा मेकअप आर्टिस्ट बिना रानामगरको अभिनय रहेको छ ।

आफ्नो प्रेमीले आफुलाई धोक दिएर अर्की युवतीसँग प्रेम कथाको पीडा यो गीतको भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोमा कलाकारहरुको केमेस्ट्री राम्रो छ ।

यो गीतको भिडियोलाई सुवर्ण कुमार श्रेष्ठले छायाँकन गरेका हुन् । जसमा सम्पादन पनि सुवर्णकै रहेको छ । भिडियोको कलरिङ सुरेश कुमार राउतले गरेका हुन् । यो भिडियो डब्बु क्षत्रीको निर्देशनमा तयार भएको हो ।