गायिका प्रविशाले इन्जिनियर निर्माणसँग गरिन विवाह


ब्युटी न्युज नेपाल
काठमाडौंँ, ५ मँसिर

गायिका प्रविशा अधिकारीले विवाह गरेकी छिन् । उनी आईतबार बैवाहिक बाँधिएकी हुन् । गायिका अधिकारीले इन्जिनियर निर्माण सिटौलासँग विवाह गरेकी हुन् । उनी रियालिटी शो ‘द भ्वाइस किड्स’ निर्णायक पनि हुन् ।निर्माणसँग प्रविशाले मागी विवाह गरेका हुन् ।

पेसाले इन्जिनियर रहेका निर्माण अमेरिका निवासी हुन् । प्रविशा र निर्माणको विवाह समारोह झापा चारपाने स्थित अधिकारीकै निवासमा सम्पन्न भएको छ । प्रविशा र निर्माणको इन्गेजमेन्ट केही दिन अगाडि झापामै भएको थियो गरेका थिए ।

अब विवाहपछि गायिका प्रविशा पनि अमेरिका जाने बताईएको छ । उनी नेपाली सुगम सँगीत र पाश्र्व गायनकी राम्री गायिका हुन् ।