इन्दु र सुरजको सहारामा यस्तो मायाँ


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ मँसिर

मोडल तथा गीतकार इन्दु दनुवार र सुरज लामिछानेको नयाँ गीत ‘सहारा’ एउटा छुट्टै प्रेम कथाको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । प्रताप दासको सुमधुर स्वर रहेको गीतमा साँचो माया जो सङ पनि हुन सक्छ भन्ने देखाईएको छ । आँखा देख्न नसक्ने, हिडन नसक्ने, बोल्न नसक्ने जो सँग पनि मायाँ बस्ने यो गीतमा देखाईएको छ । मायामा सहयोग अनि समर्पण एक्दम जरुरी हुन्छ र मायाले नै कसैको जीवनमा नयाँ मोड ल्याउन सक्छ भन्ने सन्देश यो गीतको भिडियोबाट दिईएको छ । सुरज लामिछानेले निर्देशन गरेका हुन् ।

भिडियोमा निक्स शर्मा र इन्दु दनुवारको अभिनय रहेको छ । भिडियोमा कलाकार मोडेल रोशन बुढाथोकी, सुरेश देसार र यमुनाको पनि अभिनय रहेको छ ।

यो भिडियोको कोरियोग्राफरमा नारायण रिजाल, सिनेम्याटोग्राफर, ड्रोनमा मोहन कुमार झिल्लु, मेकअपमा सोनि राई , स्टिल क्यामरामा के बि नेपाली, कलर एडिटिङमा अनिल कुमार महर्जन रहेका छन् । यो गीतको भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ ।